Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

त्रिभुवन विश्वविद्यालयको निर्देशन, 'भौतिक उपस्थितिमा नै नियमित कक्षा गर्नु'

त्रिभुवन विश्वविद्यालयको निर्देशन, 'भौतिक उपस्थितिमा नै नियमित कक्षा गर्नु'

  • काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा नै नियमित कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिएको छ ।  त्रिविका रजिष्ट्रार डा पेशल दाहालले स्थानीय तहसँग समन्वय गरेर क्याम्पस सञ्चालन गर्न निर्देशन दिइएकोे जानकारी दिए । कोभिड–१९ का कारणले त्रिविको गत चैतदेखि परीक्षा र पढाइ सञ्चालन हुन सकेको छैन । 

    images
    images
    images

    परीक्षा भने छठलगत्तै हुन थालेको छ । “कोभिड–१९ सङ्क्रमणको जोखिम नभएको ठाउँमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन भइरहेका छन्”, उनले भने, “अन्य ठाउँमा पनि सङ्क्रमणको अवस्था हेरेर स्थानीय तहसँग स्वीकृत लिएर कक्षा सञ्चालन गर्न भनेको छौँ ।”

    २८ गतेदेखि परीक्षा

    यसैगरी त्रिविले यही मङ्सिर २८ गतेदेखि कोभिड–१९ को कारणले रोकिएका सबै परीक्षा शुरु गर्ने जनाएको छ । कोभिड–१९ को मापदण्ड पूरा गरेर परीक्षा गर्न थालेको हो । परीक्षा नियन्त्रण कार्यालय सहनियन्त्रक धनश्याम ठाकुरले पहिलो चरणमा स्नातक तहको परीक्षा गर्न थालिएको जानकारी दिए ।

    उनका अनुसार यही मङ्सिर २८ गते विज्ञान तथा प्रविधि, शिक्षा र व्यवस्थापन सङ्कायको चौथो वर्षका परीक्षा हुँदैछन् । उनले पहिलो चरणको परीक्षा सकाएपछि स्नातकोत्तर तहको माघ र बाँकी स्नातक तहको अन्य वर्षको परीक्षा क्रमशः गरिने  बताए । त्रिविले यसपटक विद्यार्थीलाई आफूलाई पायक पर्ने ठाउँबाट पनि परीक्षा दिनसक्ने व्यवस्था मिलाएको छ । उनका अनुसार कम विद्यार्थी भएका सेमेष्टर तहका परीक्षा भने भइरहेका छन् । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij