Logo

May 08 2025 | २०८२, वैशाख २५ गते

May 08 2025 | २०८२, वैशाख २५ गते

प्रतिनिधिसभा विघटन मुद्दामा आजबाट एमिकस क्युरीको बहस

प्रतिनिधिसभा विघटन मुद्दामा आजबाट एमिकस क्युरीको बहस

  • काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आज मंगलवारबाट अदालतको सहयोगी (एमिकस क्युरी)को बहस शुरु हुँदैछ । सोमवार विघटनको मुद्दामा रिट निवेदकको जवाफी बहस सकिएसँगै आजबाट एमिकस क्युरीले राय दिन लागेका हुन् । ।

    images
    images
    images

    अदालतको सहयोगीका रुपमा नेपाल बारले बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेल तथा सर्वोच्च अदालत बार एशोसिएसनबाट पूर्णमान शाक्य र गीता पाठक चयन भएका छन् । आजबाट एकिमस क्युरीले मुद्दाको पक्ष विपक्षमा नरही अदालतलाई राय दिनेछन् । साथै एमिकस क्युरीको बहस सकिएपछि मुद्दाको फैसला आउनेछ ।

    रिट निवेदक र सरकारी पक्षबाटको बहस सकिएसँगै दुवै पक्षको जबाफी बहस आइतवार र सोमवार भएको थियो । संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासमा सुनुवाई भइरहेको छ ।

    पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको सिफारिस अनुमोदन गरी निर्वाचनको घोषणा गरेकी थिइन् । त्यसविरुद्द सर्वोच्चमा परेका १३ वटा रिट निवेदनमाथि माघ ४ गतेबाट निरन्तर बहस भइरहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij