Logo

May 08 2025 | २०८२, वैशाख २५ गते

May 08 2025 | २०८२, वैशाख २५ गते

चुनाव हुँदैन, प्रष्ट भए हुन्छ : प्रचण्ड

चुनाव हुँदैन, प्रष्ट भए हुन्छ : प्रचण्ड

  • चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा नरहेको बताएका छन् ।

    images
    images
    images

    भरतपुर विमानस्थलमा आज सोमवार पत्रकारसँग कुरा गर्दै उनले आगामी प्रतिनिधिसभा निर्वाचन पनि नहुने विचार व्यक्त गरे ।

    उनले भने, “चुनाव हुँदैन, प्रष्ट भए हुन्छ, यो चुनाव हुनका लागि गरिएको कदम नै होइन ।” लामो बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धि अहिले धरापमा रहेको जनाउँदै उनले संविधान र लोकतन्त्रको रक्षाका लागि नै आफूहरु आन्दोलनमा रहेको बताए ।

    विभिन्न जिल्लामा विरोधसभा भइरहेका सन्दर्भमा चितवनमा यही फागुन १२ गते हुने सभामा उनले सम्बोधन गर्ने जनाइएको छ । पूर्वप्रधानमन्त्री दाहाल आज दिवङ्गत आफ्ना सम्धी भरतपुर महानगरपालिका वडा नं ७ निवासी नरबहादुर केसीप्रति श्रद्धाञ्जलि अर्पण गर्न यहाँ आएको परिवारजनले जनाएको छ । उनी आजै काठमाडौं फर्किने कार्यक्रम छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij