
May 08 2025 | २०८२, वैशाख २५ गते
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले सोही समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्नु निन्दनीय रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्,’आफै रहेको मञ्चमा मन्त्रीबाट र साइबर अपराधीद्वारा अश्लील गाली गर्न लगाई स्वाद लिने प्रमं केपीले आफ्नो असंवैधानिक र स्वेच्छाचारी काम र त्यसमा हतारगरी साथ दिने राष्ट्रपतिको आलोचना गर्दा नेतृ रामकुमारी झांक्रीलाई पक्राउ गर्नु निन्दनीय निरंकुश कृत्य हो। नेतृ झांक्रीलाई तुरून्त रिहा गर ।’
उनले झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij