
May 08 2025 | २०८२, वैशाख २५ गते
काठमाडौँ । प्रचण्ड–नेपाल समूहले बुधवार राजधानीमा गरेको बृहद विरोधसभाप्रति प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले तिखो टिप्पणी गरेका छन् ।
उनले प्रचण्ड–नेपाल समूहले जथाभावी आलोचनाको शब्द प्रहार गरेको भन्दै आक्रोश पोखेका हुन् । ‘शब्द प्रयोगमा संयमित र जवाफदेही नभएर जथाभावी बर्बराउने हो भने हत्यारा, रक्तपिपासु, लुटेरा र अरू केके भन्न सकिन्छ होला ह्वालाई ?’
‘तथ्यको आधारमा सही कुरा भनौं त जनता जनार्दन ! अझ आज त ढाडे बिरालोले मुसा नखाने पो घोषणा गरेको सुन्दा झनै आश्चर्य लाग्यो ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
प्रचण्ड–नेपाल समूहलाई ‘कठै बरा’ भनि टिप्पणी गर्दै उनले भनेका छन्, ‘यो त अर्को चरम नौटंकी भएन र ? अब प्रधानमन्त्री हुने बुँता चट्, अनि देश पो बनाउने रे, कठै बरा ??’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij