
May 08 2025 | २०८२, वैशाख २५ गते
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको दाहाल-नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ । आजको विरोधसभामा २ लाखभन्दा बढी मानिस सहभागी हुने सो समूहको दाबी छ ।
दिउँसो १२ बजे विरोधसभा गर्नुअघि ललितपुरको पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निकाल्ने नेकपाले जनाएको छ । हरेक जुलुसको नेतृत्व शीर्ष नेताहरुले गर्ने छन् । यस्तै विरोधसभाअघिको प्रमुख जुलुस सुनधाराबाट सुरु हुनेछ र सबै एकसाथ भृकुटीमण्डप गएर सभामा परिणत हुनेछ । एकीकृत जुलुसको नेतृत्व अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले गर्ने जनाइएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्धमा दाहाल–नेपाल समूहले यसअघि गत ९ गते पनि काठमाडौंमा प्रदर्शन गरेको थियो भने २२ गते देशव्यापी आमहड्ताल गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै लगातार विरोधका कार्यक्रम गर्दै आएको दाहाल–नेपाल समूहले भृकुटीमण्डपमा विरोधसभा गर्न लागेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij