Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

पदाधिकारीमा नबस्ने उपाध्याक्ष युवराज ज्ञवालीको घोषणा

पदाधिकारीमा नबस्ने उपाध्याक्ष युवराज ज्ञवालीको घोषणा

  • काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले अब पदाधिकारी नबन्ने बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    भृकुटीमण्डपमा जारी केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष ज्ञवालीले अब पार्टीको पदाधिकारीमा आफ्नो इच्छा नरहेको धारणा राख्दै पदाधिकारीको संख्या बढाउन विधान संशोधन गर्न नहुने बताएका छन् । ज्ञवालीले आफु पार्टीमा सक्रिय रहने तर पदाधिकारी बस्नका लागि अब प्रतिष्पर्धा नगर्ने बताएका हुन् ।

    AGNI GROUP

    जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्यहरुले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउनुपर्ने बताएका छन् ।

    गत भदौमा सम्पन्न एमालेको विधान महाधिवेशनले पदाधिकारीको संख्या १५ र केन्द्रीय कमिटीको संख्या २५१ तय गरेको थियो । तर अहिले आकांक्षी धेरै देखिएपछि नेताहरुको व्यवस्थापनका लागि ओली पक्ष पदाधिकारी संख्या १९ र केन्द्रीय कमिटीको संख्या ३०१ बनाउने पक्षमा देखिएको छ । वरिष्ठ उपाध्याक्ष ईश्वर पोखरेल पक्षले भने विधान संशोधनको विरोध गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij