Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

कांग्रेस कालीकोटमा विवाद, २ समूहले सिफारिस गरे उम्मेदवारको सूची

कांग्रेस कालीकोटमा विवाद, २ समूहले सिफारिस गरे उम्मेदवारको सूची

  • काठमाडौं । नेपाली कांग्रेस कालीकोटमा प्रतिनिधि उम्मेदवार सिफारिसमा विवाद भएको छ । सभापति अम्बबहादु शाही र उपसभापति मीनबहादुर बोगटी समूहबीच सहमति नहुँदा छुट्टाछुट्टै नाम सिफारिस गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    सभापति शाहीले आफूसहित युवा नेता भुपेन्द्रजंग शाही र सीता रावलको नाम सिफारिस गरेका छन् । शाहीले यही मंसिर २६ गतेको मितिमा आकांक्षी उम्मेदवार सिफारिस गरेका थिए । त्यसको भोलिपल्ट शनिबार उपसहभापति बोगटीले छुट्टै नाम सिफारिस गरेका छन् ।

    AGNI GROUP

    उपसभापति बोगटीले प्रतिनिधि सभातर्फका लागि हर्षबहादुर बम, नारायणप्रसाद भट्टराई, दमनराज बम, केशर जंग बम र जीवन सुवेदीको नाम सिफारिस गरेका छन् । यी नाम सभापतिले सिफारिस गरेको सूचीमा छैनन् ।

    यस्तै समानुपातिकतर्फ कालीबहादुर सहकारी, मुक्तिप्रसाद न्यौपाने, भावनाकुमारी शाही, छाया सुनार, भरत विक सिफारिस भएका छन् । राष्ट्रिय सभातर्फ विष्णुबहादुर शाही दानबहादुर बमको नाम सिफारिस गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij