Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

प्रतिनिधिसभाको विघटन मान्य छैन- ओली

प्रतिनिधिसभाको विघटन मान्य छैन- ओली

  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाको विघटन मान्य नरहेको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    एमालेको ११औं महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले प्रतिनिधि सभाको विघटन आफुहरुलाई मान्य नरहेको भन्दै तत्काल संसद विघटन हुनुपर्ने बताएका छन् ।

    AGNI GROUP

    जननिर्वाचित प्रतिनिधिलाई बाहिर राखेर लोकतन्त्र फस्टाउन नसक्ने भन्दै ओलीले डर, दबाब र प्रतिशोधको छायाँबाट हुने चुनावले लोकतन्त्रलाई कमजोर बनाउने बताएका छन् ।

    ओलीले अहिले फागुन ११ मा चुनाव गर्ने भन्दै नाटक गरिएको भन्दै सरकारले चुनावको वातावरण नबनाएको दाबी गरे । उनले डर देखाएर, मिडिया ट्रायल गरेर, नेताहरुलाई स्थनहद तोकेर, पासपोर्ट रोक्का गरेर सरकारले कसरी चुनाव गराउछ भन्दै प्रश्न गरेका थिए ।

    ओलीले अहिले एमालेलाई जेनजी विरोधी भन्दै प्रचार गरिएको भन्दै सरकारमा रहदा स्टार्ट अप कार्यक्रम ल्याएको, एआई नीति ल्याएको पार्टी, युवा केन्द्रित नीति बनाएको एमाले कसरी जेनजी विरोधी हुन्छ भन्दै प्रश्न गरेका थिए । उनले अहिले जेनजीको नाममा स्वार्थको रोटी सेक्नेहरुले एमाले जेनजी विरोधी भएको भाष्य सिर्जना गरेको आरोप लगाए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij