Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

ज्यान निरोगी बनाउन 'हाम्रो घर' मा स्वागत छ

ज्यान निरोगी बनाउन 'हाम्रो घर' मा स्वागत छ

  • ललितपुर महानगरपालिकाको वडा नं.३ कार्यालयले बिषादी परिक्षण केन्द्र सञ्चालनमा ल्याएको छ । आफ्नो वडा कार्यालयभित्र बिक्री हुने तरकारी तथा फलफूलमा प्रयोग भएको बिषादीको परिक्षण गर्नका लागि वडा कार्यालयले झम्सिखेलस्थित ठाडोढुंगामा रहेको ’हाम्रो घर’ मा बिषादी परिक्षण केन्द्रको सुरुवात गरेको हो । परिक्षण केन्द्रको उद्घघाटन गर्नुहुँदै ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले बिषादीयुक्त तरकारी तथा फलफूलको प्रयोगका कारण नगरवासीहरु रोगी हुँदा समस्या सृजना हुने भन्दै यसका लागि यो बिषादी परिक्षण केन्द्र उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । 

    onlinepatrika
    Arghakhachi

    ‘नगरवासीहरु रोगी हुँदा यहाँको उत्पादकत्व र जीवनशैलीमा प्रभाव पर्छ, यहाँका नागरिकहरु रोगी भए भने यो महानगर स्मार्ट सिटी हुनसक्दैन, महानगरवासी निरोगी हुँदा मात्रै समृद्ध र सुखी महानगर कायम रहनसक्छ ।“ उहाँले भन्नुभयो । उहाँले देशका ६ हजार ७ सय ४३ वडाहरुमध्येमा ललितपुर महानगरको वडा नं. ३ ले उत्कृष्ट काम गरेको भन्ने कुरा निर्विवाद छ भन्दै यो वडा महानगरको २९ वडा मध्ये सबैभन्दा बढि राजश्व संकलन गर्ने वडा पनि भएको बताउनुभयो । 

    AGNI GROUP

    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले वडाका हरेक क्रियाकलापमा आफू निकट रहेको जानकारी गराउँदै शिक्षा र स्वास्थ्यको क्षेत्रमा राम्रो काम गरेर वडावासीलाई उत्साह भर्ने काम वडाले गरिरहेको धारणा राख्नुभयो । उहाँले काठमाडौंको प्रदुषित वातावरणको असरले विभिन्न किसिममा रोगहरुले मानिसलाई सताइरहेको अवस्थामा वडा कार्यालयले सराहनीय काम गरेको बताउनुभयो । 

    WhatsApp Image 2025-11-30 at 00.08.12.jpeg

    ललितपुर महानगरपालिका वडा नं. ३ का अध्यक्ष श्रीगोपाल महर्जनले वडावासीले प्रयोग गर्ने हरेक खाद्य सामाग्रीमा भएको विषादीले मानिसलाई रोगी बनाएको भन्दै तरकारी र खाद्य पदार्थमा बिषादी भए÷नभएको परीक्षण गरेर मात्रै उपयोग गर्नका लागि बिषादी परीक्षण केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो । 

    उहाँले वडाभित्र व्यापार गर्ने तरकारीमा बिषादीको परीक्षण गरेर अत्याधिक बिषादी भएको पाइएमा कानून अनुसार कारवाही गर्ने बताउनुभयो । बिषादी प्रयोगका कारण मानिसहरु प्राणघातक तथा दीर्घ रोगबाट पीडित हुनुपरेको र मानव जीवनको दैनिकीमा समेत नकारात्मक प्रभाव रोक्नका लागि यो परिक्षण केन्द्र प्रभावकारी हुने जनाइएको छ । वडा नं. ३ ले सञ्चालन गरेको हाम्रो घरभित्र वडा व्यवसायिक तालिम केन्द्र, वडाका महिला समूहद्वारा निर्मित सामग्री विक्री केन्द्र, वडा स्वास्थ्य केन्द्र र योग कक्ष सञ्चालनमा रहेको छ । परिक्षण केन्द्र उद्घघाटनका अवसरमा आयोजित कार्यक्रममा वडाभित्र बसोबास गर्ने नगरवासीमध्ये गत वर्षको एसइई उतिर्ण गर्ने १७ जना र कक्षा १२ उतिर्ण गर्ने ८ जनालाई सम्मान तथा पुरस्कृत समेत गरिएको थियोे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij