Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

सशस्त्र प्रहरीका २ हजार ८ सय ४० जना कर्मचारीको बढुवा हुने

सशस्त्र प्रहरीका २ हजार ८ सय ४० जना कर्मचारीको बढुवा हुने

  • काठमाडौं । सरकारले संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण–२०८२ स्वीकृत गरेसँगै सशस्त्र प्रहरीका २ हजार ८ सय ४० जना कर्मचारीहरूको बढुवा हुने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    सशस्त्र प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार, सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा ४, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ६, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) १४, नायव उपरीक्षक (डीएसपी) १७, सशस्त्र प्रहरी निरीक्षक ३०, वरिष्ठ नायव निरीक्षक १३, नायव निरीक्षक ८०, सहायक निरीक्षकमा ८७ जनाको बढुवा हुने छ । 

    AGNI GROUP

    यसैगरी, सशस्त्र प्रहरी वरिष्ठ हबल्दारमा ६ सय ४९, हबल्दारमा ८ सय ७० र सहायक हबल्दारमा १ हजार ९० जनाको बढुवा हुनेछ । जसमा प्राविधिक समूहका १ सय ९२ जनाको बढुवा भइसकेको छ । 

    ओएन्डएम स्वीकृत भएसँगै सशस्त्र प्रहरीका १७ जिल्लामा रहेका अस्थायी गुल्म, ४५ वटा प्रस्तावित सीमा सुरक्षा गुल्म र २ सय १५ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थायी हुने भएका छन् । सशस्त्र प्रहरी बल नेपालका २ सय ८५ अस्थायी कार्यालयहरू पनि अब स्थायी हुने भएका छन् ।

    यसअघि सशस्त्र प्रहरी बल नेपालको १ सय ११ वटा कार्यालय मात्र स्थायी रहेको थियो । मन्त्रिपरिषद्को निर्णयसँगै स्थायी कार्यालयको संख्या ३ सय ९६ वटा पुगेको छ । 

    ओएन्डएम स्वीकृतसँगै काठमाडौंको कीर्तिपुरस्थित सशस्त्र प्रहरी बल नेपाल नं. १८ नीलबाराही गणको स्तरवृद्धिसमेत भएको छ । सशस्त्र प्रहरी उपरीक्षकको कमान्डमा रहँदै आएको सो गणलाई सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन विशेष गण बनाइएको हो । अब सो गणको नेतृत्व सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ले गर्ने भएका छन् । ८ सय ४८ जनशक्ति रहने सो गणको नेतृत्व एसएसपी ध्रुवबहादुर कार्कीलाई सुम्पिइसकेको छ । 

    यसैगरी, काठमाडौं कान्तिपथस्थित निर्वाचन आयोग कार्यालय परिसरमा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. २४ बाघभैरव गुल्मलाई गणमा स्तरोन्नति गरिएको छ । त्यहाँ अब एसपीले कमान्ड गर्नेछन् । सो गणको एसपीमा रामकृष्ण महर्जनलाई पठाइएको छ । 

    सो गुल्मलाई गण बनाएसँगै यसको जनशक्ति पनि व्यवस्थापन हुने र थप सुरक्षा मजबुत हुने विश्वास सशस्त्र मुख्यालयले लिएको छ । यो गणलाई महत्वपूर्ण प्रतिष्ठान तथा कूटनीतिक नियोगको सुरक्षा प्रदानको जिम्मेवारी दिइएको छ । 

    यसैगरी, सशस्त्र प्रहरी बल नेपालको सांस्कृतिक तथा बाध्यवाजन गुल्मलाई स्तरवृद्धि गरिएको छ । सो गुल्मलाई सांगीतिक शिक्षालय बनाइएको छ । अब सो शिक्षालयको कमान्ड सशस्त्र प्रहरी उपरीक्षकले गर्ने भएका छन् । 

    यसैगरी कुरिनटारमा रहेको ट्रमा सेन्टर र सातै वटा प्रदेशमा रहेका फिल्ड अस्पताल समेत अब स्थायी संरचनामा सञ्चालन हुने भएका छन् ।

    यस्तै यसअघि फिल्ड अस्पताल र कुरिनटारको ट्रमा सेन्टरमा प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक डाक्टरको कमान्ड रहेकोमा अब प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षकले कमान्ड गर्नेछन् । सशस्त्र मुख्यालयले केही दिनअघि मात्रै ८ जना डीएसपीको सरुवासमेत गरिसकेको छ ।  

    यस्तै, इन्टेलिजेन्स ब्युरो, कानुन महाशाखा र विपद् व्यवस्थापन महाशाखामा डीआईजीको दरबन्दी थप गरिएको छ । यसअघि यी तीनवटै ठाउँमा एसएसपी प्रमुख रहने व्यवस्था थियो । यिनीहरूमा भने बढुवा हुन बाँकी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij