Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

एमालेको सचिवालय बैठक च्यासलमा शुरु

एमालेको सचिवालय बैठक च्यासलमा शुरु

  • काठमाडौ । नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि सचिवालय बैठक बोलाइएको हो । 

    onlinepatrika
    Arghakhachi

    शनिबारदेखि हुने पार्टीको ११औं महाधिवेशन अघिको यो अन्तिम सचिवालय बैठक बसेको हो । बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधि मनोनीत गर्ने, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको विधि बारे छलफल गर्ने लगायतका एजेण्डा रहेका छन् । केन्द्रीय कमिटीले १०८ प्रतिनिधि मनोनित गर्ने बताइएको छ । 

    AGNI GROUP

    एमालेले केन्द्रीय कमिटी, स्थायी समिति र पदाधिकारीको संख्या बढाउन विधान संशोधनको तयारी गरेको छ । धेरै आकांक्षी देखिएपछि भदौमा सम्पन्न विधान महाधिवेशनले १५ बनाएको पदाधिकारीलाई १९ पुर्याउने र २५१ सदस्यीय केन्द्रीय कमिटीलाई बढाउने तयारीमा एमाले रहेको छ ।

    Single ImageSingle Image

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij