Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

सुनील गावस्करको निवेदनमा दिल्ली उच्च अदालतको सामाजिक सञ्जाल कम्पनिहरुलाई निर्देशन

सुनील गावस्करको निवेदनमा दिल्ली उच्च अदालतको सामाजिक सञ्जाल कम्पनिहरुलाई निर्देशन

  • काठमाडौँ । भारतका पूर्व क्रिकेटर सुनील गावस्करले दायर गरेको निवेदनमा दिल्ली उच्च अदालतले सामाजिक सञ्जाल कम्पनीहरू गुगल, मेटा र एक्सलाई निर्देशन जारी गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    लाइभ ल एण्ड बार एण्ड बेन्चका अनुसार, गावस्करले आफ्नो छवि प्रयोग गरेर नक्कली सामग्री पोस्ट गरिएको आरोप लगाउदै कम्पनीहरूलाई यसलाई हटाउन निर्देशन दिन निवेदन दिएका थिए ।

    AGNI GROUP

    निवेदनमा सामग्रीमा उनको छवि र नामको दुरुपयोग भइरहेको र यसले उनको व्यक्तित्व अधिकारको उल्लङ्घन गरेको उल्लेख थियो ।

    न्यायाधीश मनमीत प्रीतम सिंह अरोराले गावस्करलाई ४८ घण्टा भित्र कम्पनीहरूलाई त्यस्ता सामग्रीको यूआरएल उपलब्ध गराउन निर्देशन दिए र सात दिन भित्र उजुरीकर्ताको उजुरीमा कारबाही गर्न निर्देशन दिएका छन् ।

    गावस्करले वर्तमान भारतीय क्रिकेट टोलीका प्रशिक्षक गौतम गम्भीर र अन्य क्रिकेटरहरूलाई लक्षित गरेर टिप्पणी गरेको झुटो खबर फैलाइएको थियो । यद्यपि, अदालतले पहिले मध्यस्थकर्ताहरूलाई सम्पर्क गर्न र त्यसपछि अदालतले यस विषयलाई अझ बिस्तृतमा हेर्ने बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij