Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

विराटनगरलाई हराउदै लुम्बिनी लायन्स एनपीएलको फाइनलमा

विराटनगरलाई हराउदै लुम्बिनी लायन्स एनपीएलको फाइनलमा

  • काठमाडौं । विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ । विहिबार सम्पन्न दोस्रो क्वालिफायरमा लुम्बिनीले विराटनगर किंग्सलाई २२ रनले पराजित गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछाएको विराटनगर १७.५ ओभरमा अलआउट हुदै ९४ रन मात्र बनाएको थियो ।  विराटनगरका लागि साम हीजलेटले सर्बाधिक ३४ रन बनाए भने नरेन भट्टले २१ र मर्चेन्ट डि लांगेले १७ रन बनाएका थिए । विराटनगरका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । 

    AGNI GROUP

    त्यस्तै लुम्बिनीका बलर तिलक भण्डारीले ३ विकेट लिए भने रुबेन ट्रम्पेलम्यान, जेजे स्मिट र अबिशेस गौतममा २-२ विकेट र शेर मल्लले एक विकेट लिएका थिए । 

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाउदै १३४ रन बनाएको थियो । लुम्बिनीका लागि डिआर्ची शर्टले सर्बाधिक ४५ रन बनाए भने कप्तान रोहित पौडेलले ३४, निरोशान डिकवेलाले २९ रन बनाएका थिए । त्यस्तै रुबेन ट्रम्पेलम्यानले ११ रन बनाएका थिए । त्यस्तै विराटनगरका बलर सुबाश भण्डारी र प्रतिस जिसीले ३-३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिएका थिए ।

    यो जितपछि लुम्बिनी लायन्स यस सिजनको फाइनलमा पुगेको छ ।  अब फाइनलमा लुम्बिनीले  सुदूरपश्चिम रोयल्ससँग आगामी शनिबार खेल्ने छ । त्यस्तै हारसँगै विराटनगरको यस सिजनको एनपीएल यात्रा सकिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट