Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

वैदेशिक रोजगारमा रहेकालाई सालपा विकास बैंकको आईपीओ खुल्यो

वैदेशिक रोजगारमा रहेकालाई सालपा विकास बैंकको आईपीओ खुल्यो

  • काठमाडौं । वैदेशिक रोजगारमा रहेका नेपालीलाई सालपा विकास बैंकको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । बैंकले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    कम्पनीले कुल ५२ लाख २३ हजार ८८० कित्ता सेयर निष्कासन गर्नेछ । जसमा सर्वसाधारण समूहको हिस्सा ३३ र संस्थापकको हिस्सा ६७ प्रतिशत हुनेछ ।

    AGNI GROUP

    सर्वसाधारण समूहको कुल १७ लाख २३ हजार ८८० कित्ता सेयरमध्ये वैदेशिक रोजगारमा रहेकालाई १ लाख ७२ हजार ३८८ कित्ता सेयर निष्कासन हुनेछ ।

    श्रम इजाजत लिएर विदेश गएकाले यो आईपीओ भर्न सक्नेछन् । छिटोमा मंसिर २९ गतेसम्म र सो अवधिसम्म सम्पूर्ण रुपमा सेयर बिक्री नभएमा पुस १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

    न्यूनतम १० तथा अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

    कस्तो छ कम्पनी ?

    असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २.२४ रुपैयाँ छ ।

    प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ छ । २ करोड ७० लाख रुपैयाँको जगेडा कोष छ । खोटाङ जिल्लामा कारोबार गर्न अनुमति पाएको यसको कर्पोरेट कार्यालय दिक्तेलमा छ ।

    जारी पूँजी ५२ करोड २३ लाख रुपैयाँ रहेको यसले क्रेडिट रेटिङ कम्पनी इन्फोमेरिक्सबाट बी रेटिङ पाएको छ । जसले कम्पनीलाई दायित्व बहनमा मध्यमस्तरको जनाउँछ।

    अंकित मूल्य १ सयका दरले सेयर निष्कासन हुनेछ । यो विकास बैंक समूहको कम्पनी हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट