Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

वैदेशिक रोजगारीका १३ बिचौलीय पक्राउ

वैदेशिक रोजगारीका १३ बिचौलीय पक्राउ

  • काठमाडौं । सर्वसाधारणलाई वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै अनावश्यक झण्झट दिने १३ बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    उनीहरूले वैदेशिक रोजगारको सिलसीलामा ठगिएका पीडितहरु न्यायका लागि वैदेशिक रोजगार विभागमा जाँदा घेराबन्दी गर्दै विभिन्न बहानामा बार्गेनिङ गर्ने गरेको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए ।

    श्रम स्वीकृतिका लागि विभागमा जाने सेवाग्राहीलाई हैरानी दिइ बिचौलिया प्रयोग गर्न उनीहरूले बाध्य बनाउने गरेको आचार्यले बताए । उनीहरूले पीडितसँग पीडकविरुद्ध पुर्जी जारी गरिदिन सहयोग गर्ने भन्दै मोलमोलाइ गर्ने गरेका छन् ।

    उनीहरूको नाम गोप्य राखिएको आचार्यले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij