Logo

Sep 08 2025 | २०८२, भदौ २३ गते

Sep 08 2025 | २०८२, भदौ २३ गते

‘जेनजी’ आन्दोलन

जेनजी युवाहरूको प्रदर्शनमा अश्रुग्याँस प्रहार

जेनजी युवाहरूको प्रदर्शनमा अश्रुग्याँस प्रहार

  • काठमाडौं । भ्रष्टाचार र बेथितिविरुद्ध सडक प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले नयाँ बानेश्वरको निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले उनीहरूमाथि अश्रुग्याँस प्रहार गरेको छ । 

    images
    images
    images

    माइतीघरबाट निस्किएको जेनजी प्रदर्शनकारीको जुलुस प्रहरीको ब्यारिकेड तोड्दै अगाडि बढेपछि त्यहाँ अहिले तनाव उत्पन्न भएको छ ।

    images

    संसद् भवनतर्फ जाने प्रयास गरेका केही युवाहरूलाई प्रहरीले लाठीसमेत प्रहार गरेको छ । पानीको फोहरा हान्ने गाडीलाई संसद् भवन अगाडि राखिएको छ । 

    सरकारले भदौ १९ मा २६ सामाजिक सञ्जाल नेपालमा निष्क्रिय गर्ने निर्णयको विरोधमा जेनजी पुस्ता सडकमा उत्रिएको हो । स्कुल ड्रेस र किताबसहित उनीहरू बिहान ९ बजेदेखि नै माइतीघर मण्डलामा जम्मा हुन थालेका थिए ।

    नेपालमा बढ्दै गएको भ्रष्टाचार, नातावाद र कृपावादका कारण युवाको पलायनलगायतका कारण देखाउँदै जेनजी पुस्ताले विरोध थालेका हुन् । नेपालमा बढ्दै गएको भ्रष्टाचार र नेताका परिवारका सदस्यको रवाफिलो शैलीको विरोध गर्दै जेनजी पुस्ता सडकमा उत्रिएको हो । यसपटकको आक्रोश ‘डिजिटल नेटिभ्स’ मा देखिएको छ ।

    images

    सन् १९९७ देखि २०१२ जन्मेका पुस्तालाई ‘जेनजी’ पुस्ता भनिन्छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij