Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

नेपालम्याङ्गो फेस्ट २०२५ हुँदै

नेपालम्याङ्गो फेस्ट २०२५ हुँदै

  • काठमाडौं । आँपको बजारीकरण र प्रवद्र्धनका लागि तीनदिने नेपालम्याङ्गो फेस्ट २०२५ हुँदै छ । फेस्टिभलमा नेपाली स्वाद, रङ र आप संस्कृतिको अनुपम संगमअनुभव गर्न सकिने आयोजकले जनाएको छ ।

    images
    images
    images

    तराई मधेशमा उत्पादन गरिएका नेपाली ऑपहरूको विविधता, स्वाद र मूल्य शृंखलाप्रवर्धन गर्नका लागि आयोजित यो विशेष उत्सवको औपचारिक उद्घाटन कार्यक्रम यही असार १३ गते (जुन २७) दिउँसो १ बजे हुँदै छ । वालनटबिस्ट्रो, लाजिम्पाट, काठमाडौंमा आयोजना हुने उद्घाटन समारोहमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी प्रमुख अतिथिका रूपमा सहभागीहुनेछन् ।

    images

    यस उत्सवको आयोजना काठमाडौं अर्गानिक्स, एग्रि नेपाल, अर्थियर एप र यूबी होल्डिड्स को सहकार्यमा गरिएको हो । फेस्टिभलको मुख्यउद्देश्य नेपाली आँपको पहिचान फैलाउने, स्थानीय कृषकहरूको मूल्य श्रृंखला मजबुत बनाउने र प्राकृतिक, विषादी रहित उत्पादन प्रति उपभोक्ताको पहुँचबढाउने रहेको बताइएको छ ।  

    के छन् कार्यक्रमकाआकर्षण ?

    – १० भन्दाबढीप्रजातिकाऑपहरू प्रदर्शनीमा
    – ५ भन्दा बढी प्रजातिका ऑपहरू प्रत्यक्ष किसानबाट किनमेल गर्न मिल्ने (माल्दा, दशहरी, जरदा, किसानबोग, कलकत्तिया)
    – २० भन्दाबढीआँप समावेश गरिएका परिकारहरू र पेय पदार्थहरू (सहकार्य गरेका रेस्टुरेन्टहरूमा)
    – सबै उमेरका सहभागीका लागि रमाइला म्याङ्गो गेमहरू र इन्गेजिङ गतिविधिहरु ।

    images

    तीन दिन सम्म चल्ने म्याङ्गो फेस्टिभल लाजिम्पाटको वाल्नटबिस्ट्रो, स्वयम्भूको एचटुओ क्याफे र झम्सिखेलको वाटरिङ होलमाहुनेछ । यी तीनवटै रेस्टुरेन्टहरुले विशेष म्याङ्गो मेनुहरू र रेसिपीहरू प्रस्तुत गर्दै फेस्टिभललाई भव्यबनाउने तयारी गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij