
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले संघीय सरकारले ल्याएको बजेटको न्यायपूर्ण वितरण हुनुपर्ने बताएका छन् ।
बस्नेतले बजेटबारे टिप्पणी गर्दै देश र जनतालाई केन्द्रमा राखेर बजेटको वितरणलाई न्यायपूर्ण बनाउन माग गरेका हुन् ।
बस्नेतले भने, ‘बजेटको न्यायपूर्ण वितरणले मात्र न्यायपूर्ण समाजको निर्माण गर्न मद्दत गर्छ । देशभरीका जनताको करबाट बनेको बजेट केही मन्त्रीको निर्वाचन क्षेत्रमा खन्याइनु दुखद् छ । बजेटको असन्तुलित वितरणलाई सच्याइनुपर्छ ।’
सत्तापक्षका सांसदहरुले समेत बजेटको वितरणप्रति आपत्ति जनाइरहेको भन्दै बजेटलाई नेतामुखी हैन जनमुखी बनाउनुपर्नेमा उनले जोड दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij