Logo

May 28 2025 | २०८२, जेठ १४ गते

May 28 2025 | २०८२, जेठ १४ गते

चाबहिलमा शैक्षिक मेला हुँदै

चाबहिलमा शैक्षिक मेला हुँदै

  • काठमाडौं । इन्टरनेशनल करिअर काउन्सिलिङ सेन्टर (आईसीसीसी)को चावहिलस्थित शाखामा ‘मल्टिडेस्टिनेशन एजुकेशन फेस्ट-२०२५’ नामक शैक्षिक मेला हुने भएको छ ।

    images
    images
    images

    यही जेठ १८ गते अथार्त जुन १ तारिखका दिन क्यानडा, बेलायत, अमेरिका र अस्ट्रेलिया अध्ययन सम्बन्धी शैक्षिक मेला हुन लागेको हो । विदेश अध्ययनको योजना बनाएका विद्यार्थीका लागि मेला निकै लाभदायी हुने आईसीसीसीले जनाएको छ ।

    images

    मेलामा आफ्ना लागि राम्रो शैक्षिक गन्तव्य छनोट, देश र विश्वविद्यालय छनोट गर्ने अवसर तथा शैक्षिक र व्यावसायिक लक्ष्यहरूसँग मिल्ने खालका सुझाव प्राप्त हुने आईसीसीसीका प्रवन्ध निर्देशक राम खड्काले बताएका छन् ।

    यो मेलाले विदेशको उत्तम शैक्षिक गन्तव्यहरू छनौट गर्न मद्दत गर्ने मात्र नभई विशेषज्ञबाट करियर काउन्सिलिङ, व्यक्तिगत प्राथमिकता, सम्भावना, रुचि र करियर उद्देश्यहरूको आधारमा निर्णय लिन सल्लाह दिनेछ । मेलामा सहभागी विद्यार्थीले विभिन्न खालका छात्रवृत्ति, पूर्वतयारी कक्षामा आक्रषक छुट तथा विभिन्न खालका उपहारहरु पनि प्राप्त गर्ने आईसीसीसीले जनाएको छ ।

    यही जेठ १८ गते अथार्त जुन १ तारिखका दिन हुने मेलामा आईसीसीसीबाट अध्ययनका लागि विभिन्न देश गएका बिद्यार्थीहरूसँग भर्चुअल अन्तरक्रियाको समेत आयोजना गरिएको छ ।

    images

    एक्स्ट्रा अडीनरी बिद्यार्थीहरुका लागि उक्त दिन उपस्थित मात्रै भएमा पेड इनटर्नका रुपमा काम गर्न सुनौलो अवसर दिइनेछ । यो ६ महिनाका लागि लागि लागू हुनेछ भने विद्यार्थीले राम्रो काम गरेमा उनीहरुलाई जागिरकै रुपमा आईसीसीसीमा अवसर दिइनेछ । साथै उक्त दिन विभिन्न रोचक खेलसमेत खेलाइने आईसीसीसीका प्रवन्ध निर्देशक राम खड्काले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij