
May 29 2025 | २०८२, जेठ १५ गते
काठमाडौँ । किलीयन एम्बाप्पेले युरोपियन गोल्डेन बुट जितेका छन् । स्पेनिस ला लिगामा ३१ गोल गरेका एम्बाप्पेले भिक्टोर गिओकेरेज र मोहमद सलाहलाई पछि पर्दै युरोपियन गोल्डेन बुट जितेका हुन् ।
रियल म्याड्रिडको डेभ्यु सिजनमा नै एम्बाप्पेले व्यक्तिगत रुपमा ला लिगाको गोल्डेन बुट र युरोपको गोल्डेन बुट जितेका छन् ।
युरोपियन गोल्डेन बुटका लागि युइएफएले कोइफिसेन्टका आधारमा विजेता तय गर्ने गर्दछ । जसमा एम्बाप्पेले ६२ अंक हासिल गरेका थिए । त्यस्तै स्पोर्टिंग सिपीका भिक्टोर गिओकेरेजले पोर्चुगलको लिगमा ३९ गोल गर्दै ५८ दशमलव ५ अंक हासिल गरेर दोस्रो स्थानमा रहेका छन् ।
त्यस्तै लिभरपुलका मोहमद सलाहले २९ गोल गर्दै ५८ अंक हासिल गरेर तेस्रो स्थानमा रहेका छन् ।
युरोपियन गोल्डेन बुट सबै भन्दा बढी पटक जित्ने खेलाडी लियोनेल मेसी हुन् । मेसीले ६ पटक यो उपाधि जितेका छन् भने क्रिस्टियानो रोनाल्डोले ४ पटक यो उपाधि जितेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij