Logo

May 25 2025 | २०८२, जेठ ११ गते

May 25 2025 | २०८२, जेठ ११ गते

अवैध समान

अवैध समान सहितको ट्रक प्रहरी नियन्त्रणमा

अवैध समान सहितको ट्रक प्रहरी नियन्त्रणमा

ट्रकमा लोड भएका समानको प्रज्ञापन पत्र नभएको र कतिपय समानको भ्याटबिल समेत नभएको पाइएको उनले जानकारी दिए ।

  • काठमाडौं । सर्लाही प्रहरीले अवैध समान सहितको एक ट्रकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैयाको टोलीले आइतबार बिहान बागमती नगरपालिका १२ चेकपोष्टबाट ट्रकलाई नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईका अनुसार बुटवलबाट विराटनगरका लागि छुटेको प्रदेश ३–०१–००५ ख ९४६० नम्वरको ट्रकलाई नियन्त्रणमा लिइएको हो ।

    images

    ट्रकमा लोड भएका समानको प्रज्ञापन पत्र नभएको र कतिपय समानको भ्याटबिल समेत नभएको पाइएको उनले जानकारी दिए ।

    ट्रकबाट औषधि, मेसिन, हार्डवेयर, जिरा पाउडर, कस्मेटिक, टायर, हेल्मेट, मोटर पार्टस्, ब्याट्री,  र किचेनका समान बरामद भएको उनले उल्लेख गरेका छन ।

    बरामद गरिएको ४७ लाख ९७ हजार ५०१ रुपियाँ बराबरको समान र ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij