Logo

May 08 2025 | २०८२, वैशाख २५ गते

May 08 2025 | २०८२, वैशाख २५ गते

आफ्नै दुई वर्षीया छोरीको डोरीले घाँटी थिचेर हत्या

आफ्नै दुई वर्षीया छोरीको डोरीले घाँटी थिचेर हत्या

  • अर्घाखाँची । अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा बुबाले आफ्नै छोरीको हत्या गरेका छन्। 

    images
    images
    images

    शितगङ्गा–२, झिर्रामा स्थानीय २४ वर्षीय सन्तोष घिमिरेले आफ्नी दुई वर्षीय छोरी सृष्टि घिमिरेको डोरीले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  

    कार्यालयका सूचना अधिकारी रामनारायण गुप्ताका अनुसार घरमा बाबुछोरी मात्र भएको अवस्थामा प्लास्टिकको डोरीले घाँटी थिचिएको पाइएको छ। 

    इलाका प्रहरी कार्यालय ठाडाको टोलीले हत्या अभियोगमा घिमिरेलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जनाएको छ। केही समयदेखि श्रीमानसँगको विवादले उनकी श्रीमती माइतमा बस्दै आएकी थिइन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij