Logo

May 08 2025 | २०८२, वैशाख २५ गते

May 08 2025 | २०८२, वैशाख २५ गते

यो वर्ष लक्ष्यको ६० प्रतिशत विद्युत् थपिने

यो वर्ष लक्ष्यको ६० प्रतिशत विद्युत् थपिने

  • काठमाडौँ । यो आर्थिक वर्षभित्र एक हजार तीन सय मेगावाट विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित भएको छ । चालू आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा उल्लेखित आयोजनासमेत सम्पन्न नहुने अवस्था आएपछि लक्ष्यको ६० प्रतिशत विद्युत्उ त्पादन थपिनेछ ।

    images
    images
    images

    कोरोना भाइरस महामारीकै बीच ल्याइएको बजेट वक्तव्यमा माथिल्लो तामाकोसी, रसुवागढी, माथिल्लो सान्जेन, मध्य भोटेकोसी र निजी लगानीकर्ताबाट प्रवर्द्धित साना तथा मझौला आयोजना सम्पन्न गरी एक हजार तीन सय मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थपिने उल्लेख छ ।

    सरकारी तथा निजी क्षेत्रबाट प्रवर्द्धित आयोजनाले अपेक्षाकृत गति लिन नसक्दा सरकारले निर्धारण गरेको विद्युत् उत्पादनको लक्ष्य मेल नखाने देखिएको हो । चालू आर्थिक वर्षको पहिलो छ महिना सकिँदा विद्युत् विकास विभागले तयार पारेको विवरणअनुसार २१ वटा जलविद्युत् आयोजनाबाट ७६४ मेगावाट मात्र यो वर्षमा थप हुने अनुमान गरिएको छ । यसबाहेक चारवटा सौय ऊर्जा आयोजनाबाट २२ मेगावाट थप हुने देखिएको हो ।

    विभागका महानिर्देशक नवीनराज सिंहका अनुसार आयोजना प्रवर्द्धक कम्पनीले यो वर्ष कोरोना महामारीको प्रभाव झेल्नुपरेको देखिएको छ । “प्रवर्द्धक कम्पनीहरूले अपेक्षा गरेअनुसार विदेशबाट प्राविधिक ल्याउन समस्या झेल्नुपरेको देखिन्छ,” उनले भने, “विश्वमा विभिन्न स्थानमा भएका बन्दाबन्दीले प्राविधिक उपकरणसमेत ल्याउन सकेनन् ।” खासगरी चिनियाँ प्राविधिक तथा कामदार कोरोना महामारीका कारण कार्यस्थलमा फर्कन नमान्दा प्रवर्द्धकहरूले समस्या झेल्दै आएका हुन् । त्यस्तै रसुवागढी नाकाको अवरोधले पनि कतिपय आयोजनाका सामान नेपाल आउन सकेका छैनन् ।

    विभागको संशोधित आकलनअनुसार चालू आर्थिक वर्षभित्र माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ४५६ मेगावाट बिजुली उत्पादन शुरु हुनेछ । स्वदेशी लगानीमा निर्माणाधीन सो आयोजनाबाट चैतभित्र एउटा युनिटबाट आंशिक विद्युत् उत्पादन थाल्ने तयारी छ । सम्पन्न गर्ने भनिएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना यो अवधिमा सम्पन्न हुने सूचीमा परेको छैन । चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीमार्फत बनाउन लागिएको १०२ मेगावाटको मध्य भोटेकोसी यो वर्ष पनि तयार नहुनेमा परेको छ । त्यसैगरी ४२।५ मेगावाट क्षमताको सान्जेन पनि बन्ने छैन भने १४।८ मेगावाटको माथिल्लो सान्जेन भने तयार हुने देखिएको विभागको आँकडाले देखाएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij