
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौं । वरिष्ठ गायक दीप श्रेष्ठको एकल साङ्गीतिक साँझ भक्तपुरमा हुने भएको छ । आइतबार भक्तपुरमा भक्तपुर साङ्गीतिक समाज र चेम्बर अफ कमर्सले आयोजना गरेको पत्रकार सम्मेलननमा यसबारे जानकारी दिँदै समाजका अध्यक्ष अल्बर्ट बज्राचार्यले यही वैशाख २० गते दीप श्रेष्ठको कालजयी गीत सङ्गीत एकल साँझमा गुञ्जने बताए ।
एक हजार दर्शक सहभागी हुने कार्यक्रममा श्रेष्ठले १६ वटा गीत प्रस्तुत गर्ने र भक्तपुर साङ्गीतिक समाजको तर्फबाट अन्य गायक गायिकाको प्रस्तुति रहने जनाइएको छ ।
कार्यक्रममा भक्तपुरका मौलिक साँस्कृतिक पहिचान झल्किने सामग्री, विभिन्न उत्पादन एवं परिकारका स्टलसमेत राखिने अध्यक्ष बज्राचार्यले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij