
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नेपाली बजारमा लगातार दुई दिनदेखि बढिरहेको सुनको मूल्य मङ्गलबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो ।
सुन तोलामा १ लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुनको मूल्य तोलामा १ सय र सोमबार पनि १ सय रुपैयाँले बढेको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । ताेलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij