Logo

May 09 2025 | २०८२, वैशाख २६ गते

May 09 2025 | २०८२, वैशाख २६ गते

आठौँ अन्तर्राष्ट्रिय व्यापार मेला '२०२५' भृकुटीमण्डपमा सुरु

आठौँ अन्तर्राष्ट्रिय व्यापार मेला '२०२५' भृकुटीमण्डपमा सुरु

  • काठमाडौँ । नेपाल चेम्बर अफ कर्मसद्वारा आयोजित ‘आठौँ अन्तर्राष्ट्रिय व्यापार मेला–२०२५’ आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ ।

    images
    images
    images

    पाँच दिनसम्म चल्ने एक्स्पो कम्तिमा ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । स्वदेशी र विदेशी गरी एक सय २५ भन्दा बढी स्टल एक्स्पोमा छन् । एक्स्पोमार्फत स्थानीय उत्पादनको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले बताए ।

    मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रियस्तरका व्यापार मेला तथा प्रदर्शनीले नविनतम् प्रविधि, उत्पादन, उपभोक्ताको चाहना एवं बजारीकरणबारे प्रत्यक्ष अवलोकन गर्न सकिने अवसर प्रदान गरेका हुन्छन,’ उनले भने, ‘मुलुकभित्र यस्ता आर्थिक क्रियाकलापको विस्तारले बाह्य व्यापारिक समुदायसँग सहकार्य भई स्वदेशी उद्यमी तथा व्यवसायीमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि हुन्छ ।

    उनका अनुसार एक्स्पोमा यस वर्ष अन्तर्राष्ट्रियस्तरको ‘सफ्टवयर’ र ‘एआई’ परियोजना आर्कषणको केन्द्रको रुपमा रहेका छन् । मुलुकमा अन्तर्राष्ट्रियस्तरको प्रर्दशनी कक्ष निर्माण गर्न अविलम्व पहल गरिनुपर्ने र यसका लागि सरकारसँग सहकार्य गर्न नेपाल चेम्बर अफ कमर्स सदैव तयार रहेको अध्यक्ष अग्रवालले बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij