
May 09 2025 | २०८२, वैशाख २६ गते
काठमाडौँ । स्वास्थ्य बीमा स्वास्थ्य सेवा उपयोगको क्रममा हुने विनियोजित खर्चको जोखिम अग्रिम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्त्वपूर्ण कार्यक्रम हो ।
समस्त नेपाली नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउन सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यसाथ २०७२ सालमा आरम्भ भएको यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले सञ्चालन गर्दै आएको छ । केही समय यो कार्यक्रम निकै प्रभावकारी बन्यो ।
असहाय तथा आर्थिक अवस्था कमजोर भएका, दीर्घ रोगीहरुलाई कुल जनसंख्याको ३५ प्रतिशत घरपरिवार र ४६० अस्पताल आबद्ध रहेको स्वास्थ्य बीमा कार्यक्रम पछिल्लो समय लथालिङ्ग अवस्थामा छ । अध्यक्ष गुणराज लोहनीको राजीनामा र कार्यकारी निर्देशक दामोदर बसौलाको ४ वर्षे कार्यकाल पूरा भएसँगै कार्यक्रम सञ्चालनको जिम्मेवारी पाएको स्वास्थ्य बीमा बोर्ड नै नेतृत्वविहीन अवस्थामा रहेको छ ।
धेरै निजी तथा सरकारी अस्पतालहरूले सेवा नै बन्द गरेका छन् भने वर्षे बीमा प्रिमियम बुझाएर पनि सुविधा नपाएको सेवाग्राहीको गुनासो छ । यता सरकारले भने स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन भन्दै ऐन संशोधन देखि विभिन्न समितिहरू गठन गरेर छलफल गरिरहेको छ । भएका नियम कानुनको प्रभावकारी ढंगले सदुपयोग गर्न नसकेको सरकारले जति नै ऐन बनाए पनि केही नहुने विज्ञहरू बताउँछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij