
May 09 2025 | २०८२, वैशाख २६ गते
काठमाडौँ । राष्ट्रिय महिला फुटबल टिमकी पूर्व कप्तान अनु लामाले घरेलु फुटबलबाट सन्यास लिएकी छिन् ।
राष्ट्रिय टिमबाट यसअघि नै सन्यास लिइसकेका अनुले बुधबार एन्फा महिला लिगको फाइनलपछि घरेलु फुटबलबाट पनि बुट थन्क्याएकी हुन् । उनले नेपाली राष्ट्रिय टिमका लागि ३५ अन्तर्राष्ट्रिय गोल गरेकी छिन् ।
उनलाई फाइनलपछि च्याम्पियन एपीएफका खेलाडीहरुले गार्ड अफ अनर प्रदान गरेका थिए । बुधबारको फाइनल खेलमा लामाले इन्जुरी समयमा गोल गरेकी थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij