
May 09 2025 | २०८२, वैशाख २६ गते
काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दक्षिणकाली घर भई भक्तपुर सूर्यविनायक बस्ने ४५ वर्षीय सुदर्शन पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-१७ ग्वार्कोबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij