Logo

May 09 2025 | २०८२, वैशाख २६ गते

May 09 2025 | २०८२, वैशाख २६ गते

१० अङ्कले घट्यो सेयर बजार

१० अङ्कले घट्यो सेयर बजार

  • काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ ।

    images
    images
    images

    आज नेप्से परिसूचक १० दशमलव ६१ अङ्कले घटेर २६३३ दशमलव ३२ को विन्दुमा पुगेको छ । सोमबार ३१२ कम्पनीका ८७ हजार ५६४ पटकको कारोबारमा १ करोड ७२ लाख ५३ हजार ५७६ कित्ता सेयर खरिद बिक्री भएको छ।

    जसमा कारोबार रकम ८ अर्ब ९२ करोड ४० लाख ६५ हजार ८८८ रुपैयाँ रहेको छ । १०५ कम्पनीको सेयर मूल्य बढ्दा १२९ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    न्यादी हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा आज सिन्धु विकास बैङ्कमा लगानीकर्ता झुम्मिएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij