Logo

May 09 2025 | २०८२, वैशाख २६ गते

May 09 2025 | २०८२, वैशाख २६ गते

९० हजार टन गहुँ भारतबाट आयात गर्न कोटा खुल्यो

९० हजार टन गहुँ भारतबाट आयात गर्न कोटा खुल्यो

  • काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भारतबाट ९० हजार मेट्रिक टनको कोटामा गहुँ आयातका लागि आवेदन खुला गरेको छ ।

    images
    images
    images

    विभागले आज एक सुचना जारी गर्दै  इच्छुक फर्म÷कम्पनीका लागि आवेदन मागेको हो । विभागले सोमबार जारी गरेको सूचनाअनुसार इच्छुक फर्म÷ कम्पनीहरूले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन पेस गर्नुपर्नेछ ।

    गहुँ आयात गर्न इच्छुक नेपाली कम्पनीहरूले न्यूनतम १०० मेट्रिक टनदेखि अधिकतम १० हजार मेट्रिक टनसम्मको परिमाणका लागि आवेदन दिन सक्नेछन् ।यसरी आयात गर्न चाहने फर्म वा कम्पनीको चुक्ता पूँजी कम्तीमा १ करोड रुपैयाँ बराबर हुनुपर्ने सर्त रहेको छ ।

    त्यस्तै गहुँ आयातका लागि नेसननल को अपरेटिभ एक्स्पोर्टस लिमिटेडलाई शतप्रतिशत अग्रिम भुक्तानी गर्नुपर्ने हुँदा वित्तीय स्रोत सुनिश्चितता भएको हुनुपर्ने, कम्पनीले माग गरेका आधारमा प्राप्त कोटा विभागबाट अघिल्लो वर्ष आवेदक कम्पनीले राजस्वमा गरेको योगदान र खाद्यान्न आयातमा अनुभव भएकालाई गहुँ आयात गर्न सक्ने क्षमताका आधारमा प्राथमिकता दिई बाँडफाँट गरिने विभागले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij