
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक १२ दशमलव ५८ अङ्कले बढेर २६०१ दशमलव २१ को विन्दुमा पुगेको छ ।
आइतबार ३२५ कम्पनीका ७२ हजार ५ सय ४० पटकको कारोबारमा १ करोड २९ लाख ८२ हजार ६१९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार ६२४ रुपैयाँ रहेको छ ।
त्यस्तै, १७१ कम्पनीको सेयर मूल्य बढ्दा ६८ कम्पनीको घटेको छ भने चार कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये तीन वटा घट्दा बाँकीमा हरियाली छाएको छ भने आज बोटलर्स नेपालका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
आइतबार एनआरएन इन्फ्रास्ट्रक्चर, सुपर मादी हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रोपावर, सिन्धु विकास बैङ्क र पोखरा फाइनान्सले सर्वाधिक कमाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij