
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । ‘फेस अफ क्लासिक डाइमन्ड’को पाँचौँ सिजनको विजेता घोषणा गरिएको छ । पूर्णिका सिजापति ‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ को विजेता घोषित भएकी छन् । फस्ट रनरअप स्मृति श्रेष्ठ र सेकेन्ड रनरअप उरुषा भण्डारी बनेका छन् । स्मृति श्रेष्ठले प्रतियोगिताको उत्कृष्ट वाकको उपाधि जितिन् भने सुबुना थापाले ‘मोस्ट पपुलर दुलही’को उपाधि जित्न सफल भइन् ।
विजेताले १ लाख ५० हजार रुपैयाँ नगदसहित एक वर्षका लागि क्लासिक डाइमन्डको ब्रान्ड एम्बेसडर बन्ने अवसर प्राप्त गर्नेछन् । फस्ट रनरअपले १ लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । विजेताहरूले क्लासिक डाइमन्डको विभिन्न परियोजनामा काम गर्ने अवसर पनि पाउनेछन् ।
क्लासिक डाइमन्डको ग्रान्ड फेशन र ज्वेलरी शो आगामी ४ र ५ माघमा काठमाडौंमा आयोजना हुनेछ । सोही कार्यक्रममा विजेताहरूलाई सम्मान र पुरस्कार प्रदान गरिनेछ ।
नेपालकै चर्चित गहना ब्रान्ड क्लासिक डाइमन्ड ज्वेलर्सका अध्यक्ष बाबुराजा महर्जनका अनुसार यो प्रतियोगिता नेपालका फेशन र मोडलिङ क्षेत्रमा नयाँ प्रतिभा भित्र्याउन र तिनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउन योगदान पुर्याउँदै आएको छ। यसअघि साम्राज्ञी राज्यलक्ष्मी शाह, अञ्जली लामा र मुना गौचनजस्ता प्रतिभाहरूले यो प्रतियोगिताबाट आफ्नो करियरलाई उच्च स्थानमा पु¥याएका थिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij