
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडौं । ताप्लेजुङमा ट्रयाक्टर चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । सदरमुकामस्थित दोखुकाका २१ वर्षीय प्रकाश मगरलाई ट्रयाक्टर चोरी गरेको आरोपममा प्रहरीले पक्राउ गरेको हो ।
खाम्लुङ दोभानका जयप्रसाद भट्टराईको मे १ त ७१७१ नम्बरको ट्रयाक्टर गएको शनिबार चोरी भएको थियो । चोरी भएको सो ट्रयाक्टर खोजतलास गर्ने क्रममा एक दिनपछि आइतबार दिउँसो भदौरेमा प्रहरीले फेला परेको थियो ।
भट्टराईको हराएको ट्रयाक्टर फेला परेपछि ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिन खोज्दा मगर भागेर फरार भएका थिए । प्रहरी टोली उक्त दिन ट्रयाक्टर मात्र नियन्त्रणमा लिन सफल बनेको थियो । त्यसबेला फरार भएका मगरलाई भने मङ्गलबार राति आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक लुङगेलीका अनुसार फरार रहेका मगर पक्राउ परेपछि मुलुकी अपराधसंहिता २०७४ को दफा १४(३) बमोजिम बुधबार जिल्ला अदालत ताप्लेजुङबाट सात दिनको म्याद लिएर विस्तृत अनुसन्धान सुरु गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij