
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले जेलमा भएका सहकारीका सञ्चालकहरुसँग पनि सोधपुछ गर्ने भएको छ । बुधबार सहकारी पीडितहरुसंगको छलफलमा बोल्दै समितिका सभापति सुर्य थापाले कानुनअनुसार जेलमा भएका सहकारी सञ्चालकहरुलाई पनि सोधपुछ गरी तथ्य प्रमाणहरु खोज्ने बताएका हुन् ।
समितिले आज सहकारीका संचालक र पिडितहरुसँग छलफल गरेको थियो ।
अहिले बचत अपचलनको प्रकरणमा इच्छाराज गुरुङ (सिभिल), सुनिल महर्जन (सुयोग), दिवाकर श्रेष्ठ (गुडवील), सीबी लामा (नवकान्तिपुर), तेजविक्रम थापा (कृषि बहुउद्देश्यीय), सुरेन्द्र भण्डारी (लालीगुराँस) र केबी उप्रेती (आइडीयल नमुना सहकारी) का अध्यक्षहरु प्रहरी नियन्त्रणमा छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij