
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडौं । सर्लाही जानकीनगरमा मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ३८ वर्षीय इन्द्रहरि पोखरेलको मृत्यु भएको छ ।
पोखरेललाई गएराति ८ बजेतिर गाउँको भित्री सडकमा उत्तरतर्फबाट बरहथवातर्फ गइरहेको ज ८ प ६८८९ नम्वरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएका पोखरेललाई हरिवनमा सामान्य उपचारपश्चात वीरगन्जतर्फ लैजानेक्रममा रौतहटको चन्द्रनिगाहपुर पुर्याउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।
मोटरसाइकल र त्यसका चालक प्रहरी नियन्त्रणमा छन् । मृतक पोखरेलको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुरमा नै राखिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij