ललितपुरमा बाढीले एउटा टिपर बगाएको छ । नख्खुखोलामा आएको बाढीले टिपर बगाएको हो । बाढीले रा १ ख २६२४ नम्बरको टिपर बगाएको थियो । उक्त टिपर टीकाभैरवतर्फ जाँदै थियो । टिपर बगाए पनि चालक सकुशल छन् । बाढीले बगाएर केही तल पुर्याएको टिपर निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।