
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं। मनकामना केबलकार यही असार ३१ देखि ५० दिनका लागि बन्द गरिने भएको छ। पूर्णरुपमा डिजिटलाइजेसन गर्नका लागि मनकामना दर्शन प्रा.लिले केबलकार ५० दिन बन्द गर्न लागिएको संस्थाले जनाएको छ ।
मनकामना केबलकारका सञ्चालक राजेशबाबु श्रेष्ठका अनुसार केबलकारलाई पूर्णरुपमा डिजिटलाइजेसन गर्दै अब डि-कनेक्ट प्रविधिमा रुपान्तरण गर्न लागिएको छ। डि-कनेक्ट प्रणाली जडान भएपछि केबलकार डिजिटल प्रविधिबाट चल्नुका साथै मेन मोटर एसी करेन्टबाट चल्नेछ। केबलकारको स्तरोन्नतिका लागि अस्ट्रियाबाट प्राविधिक टोली आइसकेको उनले बताए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij