
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । चन्द्रागिरिमा एक १६ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । बलात्कारको आरोपमा प्रहरीले नुवाकोटको बेलकोटगढी गाउँपालिका-१३ घर भएका २६ वर्षीय दिपेश मगरलाई राति पक्राउ गरेको छ ।
मगरले ती किशोरीलाई विगत १०/१२ दिनदेखि बन्धक बनाइए बलात्कार गरेको भन्ने उजुरी परेपछि प्रहरी प्रभाग बलम्बुको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका मगरविरुद्ध बलात्कार कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij