
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । कैलालीमा ६ महिनाको अवधिमा १६२ वटा मानव अधिकार उल्लंघनका घटना भएको पाइएको छ। अनौपचारिक सेवा केन्द्र इन्सेकले धनगढीमा आयोजना गरेको अर्धवार्षिक समिक्षा गोष्ठीमा कैलालीमा ६ महिनाको अवधिमा घटेका मानव अधिकार उल्लंघनका घटनामा १३९ जना पीडित भएको जनाएको छ।
सन् २०२४ को जनवरीदेखि जुनसम्मको अवधिमा १६२ घटनामा १३९ महिला, १८ बालिका र ८ जना पुरुष गरी १६५ जना पीडित भएको इन्सेकले जनाएको छ।
६ महिनाको अवधिमा महिला अधिकारबाट १३९ जना, घरेलु हिंसाबाट १११, बलात्कारबाट २१, बेचविखनबाट एक र बहुविवाहबाट ६ जना पीडित भएको इन्सेक कैलालीले जनाएको छ। त्यस्तै, सोही महिनाको अवधिमा बाल अधिकारबाट १८ जना पीडित भएको इन्सेक सुदूरपश्चिम प्रमुख खडकराज जोशीले बताए।
जसमध्ये बलात्कारबाट १४, यौन दुर्व्यवहारबाट तीन र बलात्कारबाट एक जना पीडित भएको जोशीले बताए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij