
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । भत्ता बढाउने सहमतिपछि आन्दोलनरत संघीय संसद सचिवालयका कर्मचारीको आन्दोलन स्थगित भएको छ। संघीय संसद सचिवालय कर्मचारी युनियन र सरकारका तर्फबाट सहजीकरण समितिबीच ११ बुँदे सहमति भएको हो।
सहमति अनुसार संसद् सचिवालयका कर्मचारीको आवास, शैक्षिक भत्ता र खाजा खर्च बढ्ने भएको छ। ‘मुलुकको अर्थतन्त्रलाई मध्यनजर गरी राजपत्राङ्कित कर्मचारीहरूका लागि मासिक ३ हजार ५ सय र राजपत्र अनङ्कित कर्मचारीहरूका लागि मासिक ३ हजार रुपैयाँ साविकको आवास भत्तामा वृद्धि गर्ने’ सहमतिपत्रमा उल्लेख छ।
सहमति बमोजिम कर्मचारीलाई प्रदान गरिँदै आएको शैक्षिक भत्तामा मासिक ३ सय रूपैयाँ बढ्नेछ। कार्यालयल समयभन्दा अगाडि वा पछाडि अतिरिक्त समयमा काम लगाए बापत कर्मचारीलाई खाजा खर्चमा दैनिक १ सय रूपैयाँले वृद्धि गर्ने सहमति भएको छ। यस्तो खाजा खर्च मासिक रुपमा उपलब्ध गराइने पनि उल्लेख गरिएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij