
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । ताप्लेजुङमा मनसुनी वर्षा शुरु भएयता बाढी पहिरोका कारण ८१ घरका तीन सय ४२ जना विस्थापित भएका छन् । विस्थापितमध्ये ७० परिवार आफन्त तथा छिमेकीकामा आश्रय लिएर बसेका छन् भने ११ परिवार नजिकैको विद्यालयमा बसेका छन् ।
बाढी पहिरोबाट एक हप्ताको अवधिमा ८४ वटा पशुचौपाया मरेका छन् । एक हप्ताको अवधिमा पहिरोमा परेर पाँचजनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।
पहिरोले धेरैजसो ग्रामीण क्षेत्रका सडकका साथै विद्युत् आयोजनामा क्षति पुगेको छ । बाढी पहिरोले नगदेबाली अलैँचीमा सबैभन्दा बढी क्षति पुगेको स्थानीयले बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij