Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

विद्यालयबाट घर फर्किँदै गरेकी किशोरीलाई करणी...

विद्यालयबाट घर फर्किँदै गरेकी किशोरीलाई करणी...

  • काठमाडौं । ताप्लेजुङमा एक किशोरीलाई जबरजस्ती करणी गर्न खोज्ने युवक पक्राउ परेका छन् । विद्यालयबाट घर फर्किँदै गरेकी किशोरी (छात्रा) लाई बाटोमै जबरजस्ती करणी गर्न खोज्ने २० वर्षीय विक्रम तामाङ पक्राउ परेका हुन् ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्न खोजेको अभियोगमा तामाङलाई पक्राउ गरिएको हो । चिच्याएको थाहा पाएपछि नजिकका स्थानीय तत्काल घटनास्थल पुगेकाले किशोरीमाथि जबरजस्ती करणी हुन नपाएको बताइएको छ ।

    images

    तामाङ भने त्यहाँबाट फरार भएको र खोजी गर्ने क्रममा साँझ ६ः३० बजेतिर गोठमा बाँधेको भैँसीलाई करणी गरिरहेको अवस्थामा स्थानीयले फेला पारी नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

    तामाङविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद १८ अन्तर्गत जबरजस्ती करणी उद्योग र पशु करणी कसुरमा जिल्ला अदालतबाट सात दिने म्याद लिई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक लुङ्गेलीले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij