Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

अर्थमन्त्री भन्छन्– नीति तथा कार्यक्रमलाई बजेटले समेट्छ

अर्थमन्त्री भन्छन्– नीति तथा कार्यक्रमलाई बजेटले समेट्छ

  • काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रममा लेखिएका विषय बजेटमा समेटिने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले बजेटमा समेटिनुपर्ने विषयमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा बोल्दै नीति र कार्यक्रमलाई बजेटबाट समेट्ने बताएका हुन् ।  

    images
    images
    images

    यतिबेला बजेट बनाउनु अघि काठमाडौँसहित देशभरका विभिन्न क्षेत्रमा छलफल भइरहेको पुनको भनाई छ । त्यसक्रममा आएका सुझाव आफैँ र अर्थ सचिवले समेत टिपोट गरेकाले देशको पछिल्लो परिस्थिति अनुसार बजेट आउने अर्थमन्त्रीको भनाई छ । 

    ‘एक थरी साथी निकासीलाई प्रोत्साहन गर्न हुँदैन भन्छ । अर्को थरी साथी निकासी प्रोत्साहन गर्न पर्छ भन्छ,’ अर्थमन्त्रीले भने, ‘यस्तै कतै निजी क्षेत्रले सरकारले खर्च बढाएन भन्छ । कुनै मञ्चमा सरकार बजेटको आकार नबढाउन सुझाव दिन्छ । यसमा एकमत भएन ।’  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij