काठमाडौं । अहिलेसम्म देशमा ३३ हजार मानिसले कोरोनाविरुद्धको भ्याक्सिन लगाएको र भ्याक्सिन लगाएका १३ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । २९ जनामा कोरोनाको साइड इफेक्ट देखिएको छ । फाइजरको कोरोना भ्याक्सिन लगाएका नर्वेका १३ जनाको निधन भएको हो ।