
Jun 09 2025 | २०८२, जेठ २६ गते
काठमाडौं । सरकारविरुद्ध सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वर्तमान सरकारले गरेको बेथिति, भ्रष्टाचार र अनियमितताविरुद्ध नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी सङ्घले सिंहदरबार दक्षिण प्रवेशद्वार अगाडी प्रदर्शन गरेको हो ।
प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका उनीहरूले वर्तमान सरकारले अपेक्षा अनुसार काम नगरेको भन्दै विभिन्न नारा लगाएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij