Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

परराष्ट्रमन्त्री नयाँदिल्लीमा

परराष्ट्रमन्त्री नयाँदिल्लीमा

  • काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा आज अपराह्न भारतको नयाँदिल्ली पुग्नुभएको छ ।  उहाँलाई इन्दिरा गान्धी अन्तरर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका कर्मचारीले स्वागत गर्नुभएको थियो ।

    images
    images
    images

    मन्त्री ज्ञवालीले शुक्रबार भारतको राजकीय अतिथिगृह हैदरावाद हाउसमा आफ्ना समकक्षी एस जयशङ्करसँग भेटवार्ता गर्ने तथा सोही भवनमा हुने संयुक्त आयोग बैठकको सहअध्यक्षता गर्नुहुनेछ ।

    यसैबीच राजदूत आचार्यले भारतका प्रधानसेनापति विपीन रावतसँग आज उहाँकै कार्यकक्षमा शिष्टाचार भेट गर्नुभयो । त्यसअवसरमा उहाँहरुबीच नेपाल¬–भारत मैत्रीबारे छलफल भएको नेपाली दूतावासले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij