Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

ढोलाहिटी प्रकरण : आरोपी ललितपुर प्रहरीको फन्दामा !

ढोलाहिटी प्रकरण : आरोपी ललितपुर प्रहरीको फन्दामा !

  • ललितपुर । ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको हत्या भएको घटनाका आरोपी होटल सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका चार जनालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । घटनामा संलग्न रहेको आरोप लागेका थप एक जना भने फरार छन् ।

    images
    images
    images

    ललितपुर महानगरपालिका वडा नम्बर २६ ढोलाहिटीमा आइतबार राति ग्‍याङ फाइट हुँदा पाँचथर घर भई खुमलटार बस्ने पुजन राई र धरान घर भई ढोलाहिटी बस्ने रोवश राईको मृत्यु भएको थियो ।

    images

    यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले होटल डिप्रस्पाइनका सञ्चालक विजय राई, होटलकै अर्का सञ्चालक सुलभ राईलाई पक्राउ गरेको छ। साथै, विशाल हाड मुकारूङ राई र छेङवी हाङ राई पक्राउ परेका हुन् । वारदात पाजु गुरुङ भन्ने व्यक्ति फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेकाहरूलाई ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएर अनुसन्धान भइरहेको छ। यस घटनामा अनुसन्धानका लागि थप ८ जनालाई पनि नियन्त्रणमा लिइएको छ ।

    तस्वीर : जीबी लामा

    होली खेल्ने क्रममा निम्त्याएको विवादले दुई जनाको हत्या भएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij