Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

जातीय छुवाछुत गरेको आरोपमा अहेव पक्राउ

जातीय छुवाछुत गरेको आरोपमा अहेव पक्राउ

  • काठमाडौं । सान्नित्रिवेणी गाउँपािलका–८ निवासी स्वास्थ्य चौकी मुम्रामा कार्यरत अहेव २८ वर्षीय तपेन्द्र बुढालाई जातीय छुवाछुत तथा भेदभाव गरेको अरोपमा प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    सोही गाउँपालिका–९ का वडाध्यक्ष नरपति तिरुवालाई फागुन २७ गते जातीय विभेदित शब्द बोल्दै गाली गरेको आरोपमा पीडित तिरुवाले सोमबार जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएपछि प्रहरीले घटनाको अनुसन्धानका लागि पक्राउ गरी प्रहरी हिरासतमा राखेको हो ।

    images

    यता आरोपित  बुढाले आफूले जातीय विभेद नगरेको प्रतिक्रिया दिएका छन्  ।

    images

    ‘छुवाछूत तथा भेदभाव कसुर र सजाय ऐन २०७५’ को दफा ५ को उपदफा ७ (क) र (ख) ले जातीय विभेदको कसुर ठहर भएमा कसुरको मात्र हेरी दुई महिनादेखि तीन वर्ष कैद र बीस हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । साथै सार्वजनिक पद धारण गरेको व्यक्तिबाट कसुर भएमा ५० प्रतिशत थप हुने व्यवस्था रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij